२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा पुन: युगेशभक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — आईएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुन: युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको १२०औं बैठकले साउन २३ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि पुन: नियुक्त गरेको हो ।

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा पुन: युगेशभक्त

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमै करिब ७ वर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ । कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आईएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित : श्रावण २३, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?