१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सेयर किनेको रकम अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — ब्रोकरको टीएमएसमार्फत खरिद गरेको सेयरको रकम ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी थप सहज भएको छ । हाल यो सेवा ३५ वटा ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने ईसेवाले जनाएको छ ।

सेयर किनेको रकम अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

कम्पनीका अनुसार आगामी कात्तिक महिनासम्म यसरी भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले आफ्नो मोबाइल वा ईसेवाका जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सक्ने छन् । यो कारोबार रियलटाइममा हुने ईसेवाको भनाइ छ । रकम भुक्तानीका लागि लगानीकर्ता ईसेवामा रहेको टीएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाट्रोल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ ।

ईसेवाका बिजनेस हेड आशिष गौतमले दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थपिँदै लगेको बताए । ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।


प्रकाशित : श्रावण २३, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?