महालक्ष्मी विकास बैंकको डबल बोनान्जा मुद्दती खाता, ७० महिनामै रकम दोब्बर हुने- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महालक्ष्मी विकास बैंकको डबल बोनान्जा मुद्दती खाता, ७० महिनामै रकम दोब्बर हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — महालक्ष्मी विकास बैंकले डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात १० हजार रुपैयाँमै खोल्न सकिने डबल बोनान्जा मुद्दती खातामा राखिने पैसा ७० महिनामै दोब्बर हुने बैंकले जनाएको छ । रकम दोब्बर हुने यो अवधि अरुकोभन्दा छिटो रहेको बैंकले जनाएको छ । 

देशभर रहेका १०३ शाखामध्ये जुनसुकैबाट पनि यो खाता खोल्न सकिने बैंकले जनाएको छ । प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा शाखा सञ्चालनमा छन् । करिब ६ लाखले सेवा लिइरहेको बैंकले जनाएको छ ।


प्रकाशित : श्रावण २३, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्

हुन्डी कारोबार गर्ने ४ जनाविरुद्ध मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध हुन्डीको कारोबार गर्ने ४ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विभागका अनुसार नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ घर भएका नवराज ढुंगाना, सोही स्थान घर भई बालाजुमा शिव सर्भिस मल्पिर्पोज प्रालि सञ्चालन गर्दै आएका फणिन्द्रप्रसाद ढुंगाना,  हाल जापान बस्दै आएका प्रज्वल ढुंगाना र बेलकोटगढी नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका ३६ म्हैपी बस्ने सुवास क्यासमिर कलेक्सनका सञ्चालक सुवासजंग पाण्डेविरुद्ध मुद्दा दायर गरिएको हो ।


विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वित्त बालाजुको संयूक्त टोलीले नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । ढुंगानासँग बरामद भएको रकमबारे थप अनुसन्धान गर्दा उक्त रकम अवैध हुन्डी कारोबारबाट आएको भेटिएको विभागले जनाएको छ । ढुंगानाबाट बरामद भएको रकमबारे अनुसन्धान गर्दै जाँदा अरु तीनजना पनि त्यसमा संलग्न देखिएका हुन् । उनीहरु चारै जनालाई ६९ लाख ९९ हजार बिगो र सोही बराबर जरिवाना माग दाबी गरिएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×