सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको लागि आवेदन खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडाैं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति प्रतिमहिना २ हजार गरी प्रत्येक विद्यार्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ  ।

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको लागि आवेदन खुल्यो

छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ । यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट (नोटिस)मा उपलब्ध छ । बैंकले विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सोही कार्यक्रमलाई यस पटक बैंकले निरन्तरता दिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी कार्यक्रम संचालन गर्दै आइरहेको यस बैंककाे देशभर १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा छन् ।


प्रकाशित : श्रावण २३, २०७९ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?