१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वाईसीएनसीमा नयाँ सञ्चालक समिति गठन 

कान्तिपुर संवाददाता

काठमाडौँ — युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्स (वाईसीएनसी)मा नयाँ सञ्चालक समिति गठन भएको छ ।  निर्माण क्षेत्रमा सुधार र परिवर्तन गर्ने उद्देश्यले सन् २०१४ मा स्थापित यस संस्थाको ८ औं वार्षिक साधारणसभाले सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय सञ्चालक समिति छनोट गरेको हो । 

वाईसीएनसीमा नयाँ सञ्चालक समिति गठन 

सञ्चालक समितिको प्रथम उपाध्यक्षमा वसन्तबहादुर चन्द, द्धित्तीय उपाध्यक्षमा राजु फुयाँल र तृतीय उपाध्यक्षमा भीमबहादुर पल निर्वाचित भएका छन् । महासचिवमा दीपकराज जोशी, कोषाध्यक्षमा निर्माण गौली निर्वाचित भएका छन् । कार्यकारी सदस्यहरुमा रामजी पन्त, सन्तोष शाह, शौरभ शर्मा, करुण श्रेष्ठ, अजान दाहाल, परितोष गुप्ता, आभुषण ज्योति कंसकार, राजेन्द्र महतारा निर्वाचित भएका छन् । वाईसीएनसीले निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न गाेष्ठि, एक्स्पो आयोजना गर्दै आएको छ ।


प्रकाशित : श्रावण २३, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?