नेपालमा लेक्ट्रो- ई साइकल सार्वजनिक 

कान्तिपुर संवाददाता

काठमाडौँ — आधिकारिक वितरक निम्बस इन्टरनेसनल कम्पनीले लेक्ट्रो ई साइकल नेपालमा सार्वजनिक गरेको छ । भारतमा हिरो कम्पनीले उत्पादन गर्दै आएको लेक्ट्रो- ई साइकलमा बीएलडीसी मोटर, लिआयन ब्याट्री र चुस्त फ्रेमहरु छन् । निम्बसका अनुसार लेक्ट्रो- ई साइकल मेकानिकल र बिजुलीद्वारा संचालित हुन्छ ।

नेपालमा लेक्ट्रो- ई साइकल सार्वजनिक 

राइडरको सुविधाअनुसार ब्याट्री हटाउन र चार्ज गर्न पनि सकिनेछ । सबै नयाँ लेक्ट्रोमा २ वर्षको वारेन्टी प्रदान हुने कम्पनीले जनाएको छ । मोबाइल एपको साथ राइडरहरुलाई एन्ड्रोइड वा आईओएसबाट सजिलै नियन्त्रण गर्ने सुविधा छ । कार्गो साइकल समेत गरी नेपालमा ११ किसिमका साइकलहरु उपलब्ध छन् । यिनको मूल्य ७५ हजार ९ सयदेखि १ लाख ३९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ । यिनमा फुल चार्ज गर्दा २५ किलोमिटरदेखि ६० किलोमिटरसम्म कुद्न सक्ने क्षमता रहेको निम्बसले जनाएको छ ।


प्रकाशित : श्रावण २३, २०७९ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?