कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘गुरु ट्राभल’ सञ्चालनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको पर्यटन क्षेत्रमा सबल बनाउने उद्देश्यसहित पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी ‘गुरु ट्राभल’ सञ्चालनमा आएको छ । 

‘गुरु ट्राभल’ सञ्चालनमा

ऊर्जामन्त्री पम्फा भुसालले शुक्रबार कम्पनीको उद्घाटन गरिन् । हेलिकोप्टर व्यवसायी तथा पूर्वप्रहरी विज्ञानराज शर्मा अध्यक्ष रहेको कम्पनीमा पर्यटनलगायत क्षेत्रका ६० जना व्यवसायीहरूको लगानी छ । १० करोड रुपैयाँ चुक्ता पुँजीमा सञ्चालित गुरु ट्राभलले अन्तर्राष्ट्रिय हवाई टिकट, होटल बुकिङ, ट्राभल एन्ड टुर प्याकेजलगायतका सेवा बिक्री गर्ने जनाएको छ ।


प्रकाशित : श्रावण २२, २०७९ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?