३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मेघौली सेराईमा ‘मनसुन अफर’

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवनको मेघौलीमा रहेको ताज सफारी रिसोर्ट मेघौली सेराईले मनसुन अफर ल्याएको छ । ‘एक्सपेरियन्स मनसुन एट मेघौली सेराई— अ ताज सफारी रिसोर्ट’ अफरअन्तर्गत रिसोर्टमा आउने पाहुनाले विशेष छुट पाउनेछन् । 

मेघौली सेराईमा ‘मनसुन अफर’

विश्व संम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै राप्ती नदी किनारमा अवस्थित मेघौली सेराई स्थानीय थारु कला–संस्कृतिको प्रवर्द्धन गर्ने जंगल सफारी रिसोर्ट हो । प्रकृतिको मनोरम दृश्यावलोकनका साथै स्थानीय थारु कला, संस्कृति र स्वादमा स्वदेशी र विदेशी पाहुना रमाउन मेघौली सेराई आउने रिसोर्टले जनाएको छ । मनसुन अफरअन्तर्गत खाना एवं पेय पदार्थ र जंगल सफारीमा १० प्रतिशत छुट दिइएको छ । स्पामा भने १५ प्रतिशतको छुट घोषणा गरिएको रिसोर्टको भनाइ छ ।

यस अफरअन्तर्गत ब्रेकफास्ट, लन्च, डिनर, मुख्य इन्फिनिटी पुल, जिम, योग कोठालगायतका सुविधा पनि आगन्तुकले प्राप्त गर्नेछन् । रिसोर्टका हरेक भिल्लामा एउटा निजी प्लन्ज पुल (सानो स्विमिङ पुल) छ । यस भिल्लामा एक रातको प्याकेजमा एक जोडीलाई नियमित मूल्यमा २० हजार रुपैयाँसम्म छुट दिइएको पनि रिसोर्टले जनाएको छ । छुटपछिको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ छ । प्याकेजमा दुई जनाका लागि ब्रेकफास्ट, लन्च र डिनर पनि यसै प्याकेजमा उपलब्ध हुनेछ ।


प्रकाशित : श्रावण २२, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?