२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पिकअप ट्रक विंगल ५ नेपालमा सार्वजनिक 

कान्तिपुर संवाददाता

काठमाडौँ — जीडब्लूएम नेपालले पिकअप ट्रक विंगल ५ सार्वजनिक गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जीडब्लूएमद्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरिएको थियो ।  यो पिकअपमा १०५ किलोवाट र ३०५ एनएम क्षमता प्रदान गर्ने नयाँ २.० लिटर टर्बो डिजेल इन्जिन छ ।

पिकअप ट्रक विंगल ५ नेपालमा सार्वजनिक 

यो गाडी स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सिट, रियर डिफ्रेन्सियल लक, टीपीएमएस र अटो–एयर कन्डिसनयुक्त छ । २.० लिटर इन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्लेखनीय कार्य क्षमता प्रस्तुत गर्ने जीडब्लूएमको दाबी छ ।

यसमा अगाडिको भागमा स्टाइलिस ग्रिल डिजाइन भएको डीआरएल छ । यसको बाह्य साइड मिररहरूमा टर्न इन्डिकेटरजस्ता सुविधाहरू पनि समावेश गरिएको छ । हलोजन बत्तीहरूको साथ सिधा डिजाइनयुक्त कार्गो बडीमा स्क्यार्च वा कुनै पनि प्रकारको क्षतिबाट बचाउन फिट बेडलाइनरहरू छन् । यसको अलोई लुकले बाहिरी बनावटलाई प्रिमियम देखिन मद्दत पुर्‍याएको छ । स्काई सिल्भर, पर्ल ब्ल्याक र टाइटेनियम ह्वाइट यो गाडीमा उपलब्ध तीन रंगहरू हुन् । यो कम्प्याक्ट पिकअप ट्रकको मूल्य नेपाली बजारमा ५२ लाख ४९ हजार तोकिएको छ ।


प्रकाशित : श्रावण २२, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?