कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एनसेलले ल्यायो युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटा लिमिटेडले युवा लक्षित ‘सही यो ! पावर सिम’ फेरि संचालनमा ल्याएको छ ।  इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा नि:शुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यसको प्रमुख विशेषता हो । 

एनसेलले ल्यायो युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’ 

एनसेलका अनुसार सोमबार (साउन २३) बाटै ग्राहकले करसहित ९७ रुपैयाँमा यो सिम लिन सक्नेछन् । यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् ।

यसका साथै ‘सही यो’ प्याक लिने ग्राहकले प्याक सुरु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा नि:शुल्क चलाउन सक्नेछन् । यो प्याक लिने गर्ने ग्राहकले ३० दिनसम्म माईफाइभ सेवा पनि नि:शुल्क सञ्चालन गर्न सक्नेछन् । माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु 'पेयर' गरी ती पाँच माईफाइभ नम्बरहरूमा प्रतिमिनेट ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।

यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सीम सक्रिय गरेको २ देखि ६ महिनाको अवधिभित्र ५० वा सोभन्दा बढी रकमको रिचार्ज गरेमा नि:शुल्क इन्स्टाग्राम र माईफाइभ सेवा फेरि सुरु हुनेछ । नि:शुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पााच एनसेल नम्बर पेयर गर्न सक्ने र आफ्ना साथीभाइ तथा परिवारसाग सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्न सक्ने एनसेलले जनाएको छ ।

यसै प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङ्गामा म्युजिकजस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म नि:शुल्क मजा लिन सक्नेछन् । यो सिम लिनका लागि ग्राहकको नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।

प्रकाशित : श्रावण २२, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?