हेल्थ एट होममा रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — हेल्थ एट होम मेडप्रो इन्टरनेसनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थ एट होमले रेडियोलोजी सेवा समेत सुरु गरेको हो । ओछ्यानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको हो ।

हेल्थ एट होममा रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने

हेल्थ एट होमको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफी प्रदान गर्नेछ । हेल्थ एट होमले निकट भविष्यमा एक्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको छ । यो सेवाको त्रिवि शिक्षण अस्पतालका भुतपूर्व एचओडी प्रा.डा.रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका प्रमुख डा. रामकुमार घिमिरेले उद्घाटन गरे । विभागको नेतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्जल भट्टराईले गरेका छन् । विरामीहरुले यो अति आवश्यक सेवा थालिसकेको होम एट हेल्थले जनाएको छ ।

१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होममार्फत करिब एक लाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।


प्रकाशित : श्रावण २२, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?