४ जीपीए ल्याउने विद्यार्थीलाई इलिक्सर एकेडेमीद्वारा १-१ लाख पुरस्कार 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको कुमारीगलस्थित इलिक्सर एकेडेमीबाट २०७८ सालको एसईई परीक्षामा सहभागी दुई जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । देशभरबाट ४२ र काठमाडौं जिल्लाबाट १० जनाले जीपीए ल्याएकोमा यो विद्यालयका दुई विद्यार्थी कृतिका सिवाकोटी र प्रतीक पौडेलले ४ जीपीए ल्याएका हुन् ।

४ जीपीए ल्याउने विद्यार्थीलाई इलिक्सर एकेडेमीद्वारा १-१ लाख पुरस्कार 

यी विद्यार्थी स्कुलका १२ औं ब्याचअन्तर्गतका हुन् । यी विद्यार्थीलाई विद्यालयले एक–एक लाख पुरस्कारको घोषणा गरेको छ ।विद्यालयका प्रधानाध्यापक रविन दाहालले योग्य, सक्षम, इमान्दार नागरिक तयार गर्नु विद्यालयको उद्देश्य रहेको बताए । पुरस्कारले विद्यार्थीहरुमा मिहेनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउने उनले बताए । उनले भने ‘आउँदा वर्षहरुमा पनि विद्यार्थीको मनोबल उच्च राख्न हामीले पुरस्कार घोषणा गरेका हौँ । आउँदा वर्ष पनि ४ जीपीए ल्याउने विद्यार्थीलाई एक–एक लाखको पुरस्कार प्रदान गरिनेछ ।’


प्रकाशित : श्रावण २०, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?