कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अब ईसेवामार्फत होटल बुक गर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — ईसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवा थालेको छ । योसँगै अबदेखि ग्राहकले सहजै ईसेवामार्फत होटल बुक गर्न सक्ने छन् । ग्राहकले ईसेवा एपमार्फत नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । ईसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ ।

अब ईसेवामार्फत होटल बुक गर्न सकिने

ईसेवामा भएका होटलहरुको सूची ईसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । ईसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केही दिनमा आईओएसमा समेत उपलब्ध हुने बताइएको छ ।

होटल सेवा सुरु भएसँगै ईसेवाका होटल विभाग प्रमुख अनुज विष्टले विविध सेवालाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने उद्देश्य रहेको बताए । यसले पर्यटन क्षेत्रको मन्दीलाई न्यूनीकरण गर्न समेत टेवा पुर्‍याउने उनको भनाइ छ । ‘भविष्यमा अन्तर्राष्ट्रिय होटलसँग पनि सहकार्य गरी अन्तर्राष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौं’ उनले भने ।

ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् ।


प्रकाशित : श्रावण २०, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?