१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ग्लोबल आईएमई बैंकको कार्यक्रम ‘छात्रालाई छात्रवृत्ति’

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तिर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।

ग्लोबल आईएमई बैंकको कार्यक्रम ‘छात्रालाई छात्रवृत्ति’

समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धिमा मद्दत पुग्ने बैंकले जनाएको छ । यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको भनाइ छ ।

छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जनालाई छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ । मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम संचालनमा ल्याएको छ ।

प्रकाशित : श्रावण १९, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?