युवालाई तालिम दिन हुलास स्टिल, उद्योग परिसंघ र प्रवर्द्धन केन्द्रबीच सम्झौता - बजार - कान्तिपुर समाचार

युवालाई तालिम दिन हुलास स्टिल, उद्योग परिसंघ र प्रवर्द्धन केन्द्रबीच सम्झौता 

कान्तिपुर संवाददाता

काठमाडौँ — लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीलाई रोजगारीमूलक तालिम दिनेगरी त्रिपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा केन्द्रका तर्फबाट उप–सचिव ऋषिराम पंगेनी, परिसंघको तर्फबाट महानिर्देशक दिपकराज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रवि केसीले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार ३ महिनाको तालिमपश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारीमूलक प्रशिक्षण कार्यक्रबाट छनोटमा परेका व्यक्तिलाई नियम अनुसार रोजगारीको अवसर प्रदान गर्नेछ । प्रशिक्षण तालिम अवधिको न्यूनतम खर्च भने नेपाल सरकारले व्यहोर्नेछ । कार्यस्थलमा आधारित रोजगारीमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको हुलास स्टिलले जनाएको छ ।


प्रकाशित : श्रावण १९, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

यसपटकको चुनाव त लड्नैपर्छ‚ जित्नैपर्छ : माधव नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचन जित्नैपर्ने दबाबमा आफू रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा उनले आगामी निर्वाचनमा लड्नैपर्ने र जित्नैपर्ने दबाबमा रहेको बताउँदै त्यसपछि भने राजनीतिबाट टाढिने योजनामा आफू रहेको बताए । 

अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले टाढिन नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताएका हुन् । उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए ।

चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै उनले परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने दाबी गरे ।

‘मलाई कतिपय पत्रकार साथीहरूले एकदिन दिनुहोस् न भनेर मागेका छन् तर समय मिलाउन भ्याइरहेको छैन । एक दिन पनि निकाल्न सकेको छैन । यो समय पाँच वर्षपछि मिल्ने हो कि जस्तो लागेको छ । अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाइ हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन‚’ उनले भने‚ ‘७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छाड्न नै दिएको छैन । यसपटकको चुनावमा त लड्नैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पुर्‍याउनै पर्छ ।’

चुनावको मितिको घोषणा भइसकेपछि आफू पछाडि हट्न नहुने भन्दै उनले भने‚ ‘अब पनि चुनावमा नउठ्ने भन्ने कुरा गर्नै भएन; डराएछ कि के हो माधव नेपाल भन्ने पर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईंहरूको बीचमा मैले फेरि आउनुपर्नेछ ।’

अध्यक्ष नेपालले नेपाली कांग्रेसमा हामी नै सबैथोक हौं परेको आशंका व्यक्त गर्दै अरु पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताए । उनले नेकपा एमालेप्रति इंगित गर्दै आफू सबथोक हुँ भनिरहेको र यही प्रवृत्तिले देश बिगारिरहेको उल्लेख गरे ।

प्रकाशित : श्रावण १९, २०७९ १८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×