उपाय सिटी कार्गोले थाल्यो 'फुलफिल्मेन्ट' सर्भिस


काठमाडौँ — उपाय सिटी कार्गोले 'फुलफिल्मेन्ट' सर्भिस थालेको छ । ‘उपाय अन डिमाण्ड’ र ‘मेरो उपाय’जस्ता सेवाहरुको सफलतापछि तेस्रो सर्भिसको रुपमा 'फुलमेन्ट' ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘फुलफिल्मेन्ट सर्भिस’ अन्तर्गत एकैसाथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिन्छ ।

यो सेवा प्रदान गर्न रुट प्लानिङ सिस्टमको प्रयोग गरिने र यसले ढुवानीमा लाग्ने समय तथा पैसा दुबैको बचत हुन गई ग्राहकलाई फाइदा हुने कम्पनीको दाबी छ । हाल उपायको 'फुलफिल्मेन्ट' सर्भिसले काठमाडौंमा साना वस्तुहरूको लागि डेलिभरी सेवाहरू प्रदान गरिरहेको छ । आगामी दिनमा नेपालका ३०० सहरमा आफ्नो डेलिभरी सेवा पुर्याउने योजना रहेको उपाय सिटी कार्गोका एमडी सुमन रायमाझीले बताए ।