गोल्डेन ओकको कमेडी यात्रा- बजार - कान्तिपुर समाचार

गोल्डेन ओकको कमेडी यात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — गोल्डेन ओक ब्लेन्डेड माल्टले विभिन्न शहरमा कमेडी यात्रा सुरु गर्ने भएको छ ।

गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की, शिव शंकर रिजाल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति दिने छन् ।गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा यही साउन २० गते, दमकमा २१ गते, इटहरीमा २२ गते, विराटनगरमा २३ र धरानमा २४ गते आयोजना हुनेछ ।


प्रकाशित : श्रावण १८, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्

एकै दिन थपिए ९१५ कोरोना संक्रमित, ३०१ जना निको 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा एकै दिन ९१५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण १८, २०७९ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×