कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्भिकले भित्र्यायो अल्माको लेजर मेसिन, छालाको उपचार हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नर्भिक इन्टरनेसनल हस्पिटलले अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर (लेजर) मेसिन भित्र्याएको छ । सोमबार अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक समारोहका बीच इजरायलको अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मेसिनको अनावरण गरियो । 

नर्भिकले भित्र्यायो अल्माको लेजर मेसिन, छालाको उपचार हुने

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अत्याधुनिक मेसिन पहिलोपटक नेपाल भित्र्याएर छालाकै अत्याधुनिक उपचार सम्भव हुने अवस्था बनेको बताए । ‘अब छालाको कुनै पनि समस्या आउँदा स्तरीय उपचारका लागि विदेसिनुपर्ने बाध्यता हटेको छ’ उनले भने, ‘नर्भिकले सञ्चालनमा ल्याएको स्किन केयर सेन्टरमा विश्वविख्यात अत्याधुनिक उपचार विधिहरुबाट छालाको उपचार गरिन्छ ।’

अस्पतालका अनुसार यो एउटै मेसिनको मद्दतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिनेछ । छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम यस मेसिनबाट हुने अस्पतालले जनाएको छ ।


प्रकाशित : श्रावण १६, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?