नेपाल बैंकले ल्यायो डबल धमाका मुद्दती खाता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बैंकले डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने  संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ ।

नेपाल बैंकले ल्यायो डबल धमाका मुद्दती खाता

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ । बैंकका अनुसार यो मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखसम्मको क्रेडिट कार्ड लगायत अन्य सुविधा प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । नेपालभर २१९ शाखाहरु, १८३ एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकलाई बैंकले वित्तीय सेवा पुऱ्याइरहेको छ ।


प्रकाशित : श्रावण १२, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?