कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

डीएचआई ब्राण्डका घरायसी उपकरण बजारमा 

काठमाडौँ — डीएचआई इलेक्ट्रोनिक्स प्रालिले घरायसी उपकरण नेपाली बजारमा ल्याएको छ । एक कार्यक्रमका बीच आइतबार काठमाडौंमा डीएचआई ब्राण्ड र उक्त ब्राण्डका विद्युतीय घरायसी उपकरण सार्वजनिक गरिएको हो । सो ब्राण्डका टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजेरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रिजर  लगयतका उपकरण सार्वजनिक गरिएको छ।  

डीएचआई ब्राण्डका घरायसी उपकरण बजारमा 

यी घरायसी उपकरणहरुले नेपाली ग्राहकलाई छनोटको अवसर प्रदान गर्दै सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । देशमा पेट्रोलियम पदार्थको आयातले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा ऊर्जा खपत गरी विद्युतीय उपकरणको प्रयोगमा यसले प्रोत्साहन मिल्ने कम्पनीको भनाइ छ ।

डीएचआईका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले भने ‘यी उत्पादन भरपर्दो र तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा उपलब्ध छन् र यी उत्पादनबाट ग्राहकको मन पनि जित्नेछौं ।’ डीएचआई इलेक्ट्रोनिक्स डिसहोमको भगिनी संस्था हो ।

प्रकाशित : श्रावण ९, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?