ग्लोबल आईएमई बैंकले ल्यायो चक्रवर्ती मुद्दती निक्षेप योजना 

काठमाडौँ — ग्लोबल आईएमई बैंकले मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिनेगरी ‘चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ । 

ग्लोबल आईएमई बैंकले ल्यायो चक्रवर्ती मुद्दती निक्षेप योजना 

यस योजनामा ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । अहिलेको प्रचलित ब्याजदरअनुसार मुद्दती निक्षेपमा ८० महिनामा दोब्बर, १२७ महिनामा तेब्बर र १६० महिनामा चौबर हुने बैंकले जनाएको छ । यो मुद्दती निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रहेको छ । यसले ग्राहकलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पुर्‍याउने बैंकको भनाइ छ । यस बैंकका मुलुकका ७७ वटै जिल्लामा २८९ शाखाहरु संचालनमा छन् ।

प्रकाशित : श्रावण ८, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?