कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हेरल्ड कलेजका ४८१ विद्यार्थी  दीक्षित 

काठमाडौँ — हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित दिक्षान्त समारोहबाट ४८१ विद्यार्थी दीक्षित भएका छन् । सन् २०१९/२० मा  स्नातक तह उत्तिर्ण बिएससी हन्स कम्प्युटर साइन्सका १६०, बिएससी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६  र सन्  २०२०/२१  मा  स्नातक तह उत्तिर्ण बिएससी हन्स कम्प्युटर साइन्सका २४९ तथा बिएस्सी हन्स  इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६  गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका हुन् ।

हेरल्ड कलेजका ४८१ विद्यार्थी  दीक्षित 

कोभिड महामारीका कारण उक्त समारोह दुई वर्षपछि आयोजना भएको हो । आईएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटनबाट सम्बन्धन प्राप्त छ । समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रोभाइस चान्सलर टिमले नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । यसैगरी समारोहलाई सम्बोधन गर्दै आईएनजी ग्रुपका संस्थापक अध्ययक्ष सुलभ बुढाथोकीले हेरल्ड कलेजले विद्यार्थीहरूलाई नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आएको बताए ।

नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेसनल मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको छ । कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ट्रिपल ए का आधारमा कलेजमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल आईएनजी ग्रुपअन्तर्गत काठमाडौंमा इस्लिङ्टन कलेज र हेरल्ड कलेज, पोखरामा इन्फरम्याटिक्स कलेज, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा इटहरी इन्टरनेसनल कलेज सञ्चालनमा रहेका छन् ।

प्रकाशित : श्रावण ४, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?