कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माइडियाको वाइफाईयुक्त वासिङ मेसिन बजारमा 

काठमाडौँ — माइडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले लन्ड्री विभाजन अन्तर्गत दुई वासिङ मेसिन बजारमा ल्याएको छ । ८ र ९ केजी क्षमतामा वाई–फाई सिरिजका दुई वासिङ मेसिन सार्वजनिक गरिएको छ ।

माइडियाको वाइफाईयुक्त वासिङ मेसिन बजारमा 

वासिङ मेसिनमा लुनार सिरिजले स्टिम केयर सहितको स्वास्थ्य–केन्द्रित विशेषताहरु समावेश गरेको छ । लुनार सिरिजमा माइडियाको इन्भर्टर काट्रो मोटर रहेको छ, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्ने र अन्य मोटरको तुलनामा १०.४ प्रतिशत कम आवाज उत्पादन गर्ने कम्पनीको दावी छ ।

स्मार्ट लाइफको लागि वाई–फाई जडान: आईओटी टेक्नोलोजीले बुद्धिमानी रूपमा प्रयोगकर्तालाई वासिङ मेसिन नियन्त्रण गर्न सघाउँछ । एपमार्फत कुनै पनि समय मेसिनको पानी स्तर, गति, तापमानबारे अवलोकन गर्न सकिन्छ । माइडियाले मोटरमा १० वर्षको वारेन्टी सहित वासिङ मेसिनमा १ वर्षको बृहत् वारेन्टी (वाहिरी स्टिल विवरण, शिर्ष ढक्कन, फिल्टर, पाइपहरु बाहेक) प्रदान गरिरहेको छ ।



प्रकाशित : असार २२, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?