कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सामसङले नेपालमा थाल्यो ग्यालेक्सी एफ-१३ काे बिक्री

काठमाडौँ — सामसङले नेपालमा ग्यालेक्सी एफ १३ को बिक्री वितरण थालेको छ । ग्यालेक्सी एफ श्रृङ्खलाको यो पछिल्लो फोन ग्राहकको रोजाइमा पर्ने कम्पनीको दावी छ । 

सामसङले नेपालमा थाल्यो ग्यालेक्सी एफ-१३ काे बिक्री

फुल एचडी प्लस डिस्प्ले र ६००० एमएएच पावरको ब्याट्री फोनमा रहेको सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए । ब्याट्री दिनभर चल्ने र १५ वाटको तीव्र चार्ज हुने उनले बताए । यसमा ८ जीबीसम्मको र्‍याम छ । अक्टा–कोर एक्जीनस ८५० प्रोसेसरबाट संचालित यसको भण्डारण क्षमता थप मेमोरी कार्डको साथमा १ टीबीसम्म बढाउन सकिने सामसङले जनाएको छ । ५० एमपी रियर क्यामरा यसमा छ । ट्रिपल क्यामेरा रहेको यसको अल्ट्रा वाइड क्यामराको सहयोगले १२३ डिग्रीको दृष्य कैद गर्न सकिन्छ । यसमा ८ एमभीको अग्र क्यामरा पनि छ । वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्काई ग्रीन कलरमा फोन उपलब्ध छन् । यसको मूल्य भेरियन्ट ४+१२८ जीबीका लागि २३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।


प्रकाशित : असार २१, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?