विद्युतीय गाडी 'अल न्यू ई ६'मा उपहार योजना

काठमाडौँ — बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ ल्याएको छ । यस्तो उपहार योजना यसअघि कुनै पनि विद्युतीय गाडीमा नरहेको र यो नै पहिलो रहेको साइमेक्सले दाबी गरेको छ । कम्पनीका अनुसार उपहार योजना बीवाईडी अल न्यू ई ६ मा लागू हुनेछ । 

विद्युतीय गाडी 'अल न्यू ई ६'मा उपहार योजना

परिवर्तनकारी ब्लेड ब्याट्रीको सुविधा यस गाडीमा छ । कम्पनीको उपहार योजनामा विभिन्न गिफ्ट ह्याम्पर, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्री रोड ट्याक्स पाइने छ । फ्री रोड ट्याक्स पहिले कहिल्यै पनि नेपाली बजारमा कुनै विद्युतीय गाडीले नदिएको साइमेक्सकाे दाबी छ । यो योजना आर्थिक वर्ष २०७८–७९ सम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । साइमेक्सले विद्युतीय गाडीलाई प्रोत्साहन गर्न थुप्रै अफरहरु ल्याउँदै आएको छ ।


प्रकाशित : असार २१, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?