आन्तरिक उडानमा यतीले ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा’ सुरु गर्दै

काठमाडौँ — आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एयरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ ।  आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा सुरु गर्न लागिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

आन्तरिक उडानमा यतीले ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा’ सुरु गर्दै

'अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ । इन्फ्लाइट मनोरञ्जनका लागि बायुयानभित्र रहेको डिभाइसमा कनेक्ट गरी हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीतसंगीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ ।'

यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु पनि हुनेछ । यथाशीघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने उद्देश्यले आवश्यक तयारी र परीक्षण भइरहेको र परीक्षणपछि यती एअरलाइन्सको सम्पूर्ण जहाजमा यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : असार २१, २०७९ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?