२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चेरी टिग्गो ७ प्रो नेपाली बजारमा  

काठमाडौँ — चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले टिग्गाो ७ प्रो औपचारिक रुपमा नेपालमा सार्वजनिक गरेको छ । आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली सोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ । उत्कृष्ट डिजाइन, प्राविधिक सक्षमता, सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि यो गाडी उपयुक्त भएको एसपीजीको दाबी छ ।

चेरी टिग्गो ७ प्रो नेपाली बजारमा  

यसमा भएको इन्जिनले १४७ पीएस पावर र २१० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ९ स्पिड सीभीटी गियर बक्ससँग जोडिएको छ । यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ । यसको इन्टेरियर आकर्षक छ । लेदर सिट सहितको ब्ल्याक–बेज थिममा आधारित क्याबिन छ । फ्रन्टमा सिक्स–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने प्यासेन्जर सिट फोर–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ । यसमा थप फिचरको रुपमा प्यानोरामिक सनरुफ छ ।

यसमा ७ इन्च इन्स्ट्रुमेन्ट क्लस्टर, १०.२५ इन्चको एचडी सेन्ट्रल कन्ट्रोल र एसी टचस्क्रिन सहितको ड्यासबोर्ड छ, जुन सबै इन्टरकनेक्टेड भएकाले प्रयोगकर्ताका लागि अझै इन्टेलिजेन्ट अनुभव गराउने कम्पनीको दावी छ । यो गाडीमा ब्लुटुथ कनेक्टिभिटी, फिंगरटिपबाटै कन्ट्रोल गर्न सकिने क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल जस्ता विभिन्न आधुनिक प्रविधिहरु उपलब्ध छन् । यसमा फोर एड्जस्टमेन्ट सेटिङ गर्न सकिने मल्टी फङ्सन स्टेयरिङ ह्विल छ भने वायरलेस चाार्जर समेत उपलब्ध छ । यसमा भएको ३६० डिग्री क्यामेराको प्रयोग गरी गाडीको चारैतिरको अवस्था थाहा पाउन सकिन्छ भने ब्याकअप क्यामेराका कारण पार्किङ सहज हुन्छ ।

यसमा भएको ६ एयरब्याग, ईबीडी र बीए सहितको एबीएस, ईएसपी, टीसीएस, एचएसी, एचडीसीजस्ता पक्षले ड्राइभिङलाई सुरक्षित बनाउँछ । नेपाली बजारमा टिग्गो ७ प्रोको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । टिग्गो ७ प्रो ३ ड्युअल टोन र ७ मोनोटोन अप्सनमा उपलब्ध छ । ड्युअल टोनमा ब्ल्याक एन्ड रेड, ह्वाइट एन्ड ब्लु र ब्ल्याक एन्ड ह्वाइट अप्सन उपलब्ध छ भने मोनोटोनमा ब्लु, जेड ब्लु, ज्वेल रेड, सिल्भर, ग्रे, ब्ल्याक र ह्वाइट कलर अप्सन उपलब्ध छ ।


प्रकाशित : असार १९, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?