२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

फोनपेको ‘पैसा पठाऔं, ठाउँको ठाउँ’ अभियान 

काठमाडौँ — फोनपे पेमेन्ट सर्भिसले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाऔं, ठाउँको ठाउँ’  अभियान सुरु गरेको छ । फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंक कारोबार मार्फत् पठाउन सकिन्छ । 

फोनपेको ‘पैसा पठाऔं, ठाउँको ठाउँ’ अभियान 

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डीएफएस) होल्डिङ्ग कम्पनी फोनपेले निरन्तर रूपमा डिजिटलाइजेसनको पहुँचलाई सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको छ । फोनपेको मोबाइल बैंकिङ्ग एप मार्फत् सहज एवम् सुरक्षित रुपमा भुक्तानी तथा रकम प्राप्त गर्न सकिन्छ । पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ्ग एप लगइन गर्नु पर्दछ । लगइन गरेपछि 'सेन्ड मनी' अप्सनमा गई फोनपे डाइरेक्टलाई छनोट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाइल नम्बर राखेर पठाउन सकिन्छ ।

यो ‘पैसा पठाऔं, ठाउँको ठाउँ’ अभियानले यसको बृहत् फिनटेक नेटवर्क मार्फत रकम स्थानान्तरणलाई सहज एवम् सुव्यवस्थित गर्न सक्ने कम्पनीको भनाइ छ । यसका अतिरिक्त, मोबाइल बैंकिङ एप्सबाट रकम स्थानान्तरण गर्दा समेत कहिलेकाहीं बैंकको खाता सही नभएको, बैंक शाखा विवरणहरू उपलब्ध नभएको, खातावालाको नामजस्ता कुराहरु नमिल्दा रकम पठाउन सकिँदैन । फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्सफर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।


प्रकाशित : असार १९, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?