सानिमा बैंक अब काठमाडौंको नेपालटारमा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानिमा बैंक अब काठमाडौंको नेपालटारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंक लिमिटेडले २०७९ असार १७ गते तारकेश्वर नगरपालिका-११, नेपालटारमा शाखा विस्तार गरेको छ । कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले उक्त शाखाको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि कलाकार श्रेष्ठ र बैंकका संचालक थापाले नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा शुभकामना साटासाट गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहकहरूलाई निरन्तर सहयोग एवं सदभावका लागि कृतज्ञता व्यक्त गरेका थिए । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित : असार १७, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्

दोलखा चिनाउने १०० तस्बिर प्रदर्शनीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — दोलखालाई थप चिनाउन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा फोटो प्रदर्शनी सुरु भएको छ । दोलखा मिडियाले आयोजना गरेको प्रर्दशनीमा दोलखाका पर्यटकीय, ऐतिहासिक स्थल, जातजातिको संस्कार, संस्कृतिलाई तस्बिरमा देखाइएको छ ।

मेलामा जिल्लाका १ सय तस्बिर राखिएको दोलखा मिडियाका अध्यक्ष राजेन्द्र मानन्धरले बताए । आइतबारसम्म चल्ने तस्बिर मेलाले काठमाडौंबाट १३३ किलोमिटर दुरीमा रहेको दोलखाको पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक जानकारी लिन सकिने उनले बताए ।

‘मेलाबाट राजधानी काठमाडौं हुँदै अन्तर्राष्ट्रिय जगत्‌मा समेत प्रचार भई दोलखामा पर्यटकको संख्या बढ्ने उद्देश्य राखिएको छ,’ मानन्धरले भने, ‘मेलामा राखिएको तस्बिरबाट हिमाल‚ पहाड र तराईको हावापानी र प्राकृतिक वातारणको अनुभूति हुन्छ । दोलखा उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने लाखौं शब्दहरूको व्याख्या प्रदर्शनमा राखिएको तस्बिरले गरिएका छन् ।’

फ्रिज बर्गर (स्विस फोटोग्राफर) र नेपाली फोटो पत्रकार चन्द्र शेखर कार्की, केशव थोकर, ज्ञानेन्द्र कार्की, लक्ष्मीप्रसाद ङाखुसी, रेखा शाक्य, जीवन लामा, केदार शिवाकोटी, निकेश श्रेष्ठ, प्रह्लाद आचार्य, सुशील श्रेष्ठ, मन्जीवलाल कायस्थ, निमेष कायस्थ, किरण श्रेष्ठ, हिमाल थामी, सवीन बुढाथोकी, सकिला कार्की, त्रिलोचन प्रधानले खिचेको तस्बिर प्रर्दशनमा राखिएको छ । मेलामा सन् १९१० को दशकमा खिचिएको तस्बिर पनि राखिएको छ । स्विस पत्रकार बर्गरले दोलखालाई नियालिरहेको तस्बिर पनि प्रदर्शनीमा हेर्न सकिन्छ ।

उनले हरेक १० वर्षमा एकै स्थानबाट फोटो चिनेर पछिल्लो पटक देखिएको परिवर्तनलाई तस्बिरमा उतारेका छन् । उचाईमा रहेको च्छोरोल्पा ताल, रोल्वालिङ, देउढुङगा, शैलुङ, कालिञ्चोकको मनोरम दृश्य पनि मेलामा राखिएको तस्बिरमा देखाइएको छ । संस्कृति तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेशका मन्त्री दीपेन्द्र श्रेष्ठले प्रदर्शनीको उद्घाटन गरेका हुन् । फोटो प्रदर्शनीले दोलखालाई चिनाउन थप सहयोग पुर्‍याउने उनले बताए ।

प्रकाशित : असार १७, २०७९ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×