कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्ल्डलिङ्कले नयाँ १० जीबीपीएस प्रविधिमा फाईबर टु होम नेटवर्क अपग्रेड गर्दै  

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स् लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपाेन) स्तरोन्नति गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाईबर टु होम नेटवर्क अर्को साता देखि क्रमशः  एक्सजीएस- पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने पहिलो कम्पनी भएको वर्ल्डलिङ्कको दाबी छ । 

वर्ल्डलिङ्कले नयाँ १० जीबीपीएस प्रविधिमा फाईबर टु होम नेटवर्क अपग्रेड गर्दै  

यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि सेवाप्रदायकले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो । विद्यमान जीपोन नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिङ्क तथा १.२५ जीबीपीएस अपलिङ्क असममित ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन । तर अब एक्सजीएस पोन प्रविधिबाट सममित १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने वर्ल्डलिंकले जनाएको छ ।

इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो विन्दु (एक्सेस लोकेसन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाइबर पूर्वाधार (प्यासिभ इन्फ्रास्ट्रक्चर)बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाइबर तार अलग्याएर लगिएको हुन्छ र घरको फाइबर राउटरमा जोडिएको हुन्छ । जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्‍क ब्याण्डविथको क्षमता चार गुणा बढी हुने कम्पनीले जनाएको छ । साथै पोन नेटवर्क लेटेन्सीमा पनि जीपोनको तुलनामा केहि सुधार हुनेछ । 'सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ' कम्पनीले भनेको छ, 'साथै विद्यमान जीपोनको तुलनामा एक्सजीएस पोनमा हालको एक्सेस लोकेसनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ ।'

यसबाट अब भविष्यमा १ जीबीपीएसभन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिने कम्पनीले जनाएको छ । कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर, भिडियो कन्फ्रेन्स जस्ता अपलिङ्क ब्याण्डविथ बडी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको भनाइ छ ।


प्रकाशित : असार १५, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?