कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महिन्द्राले ल्यायो अल-न्यु स्कर्पियो-एन

काठमाडौँ — महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा एसयूभी अल–न्यु स्कर्पियो–एन सार्वजनिक गरेको छ । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कारको संयोजन रहेको अल–न्यु स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको विरासत जीवित राख्दै अत्याधुनिक ड्राइभिङ प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

महिन्द्राले ल्यायो अल-न्यु स्कर्पियो-एन

अल–न्यु स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित ल्याइएको कम्पनीको भनाइ छ । भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यु स्कर्पियो–एन एकै साथ अनावरण गरिएको एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले जनाए । अल–न्यु स्कर्पियो–एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको शृंखलामध्ये पहिलो रहेको उनको भनाइ छ ।

अत्याधुनिक र सुरक्षा एवम् प्रविधिसहितको द स्कर्पियो–एन बाहिरि जस्तै भित्री रूपमा पनि मनमोहक रहेको कम्पनीले बताएको छ । उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमान्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप विशेषतासाथ यो सवारी ल्याइएको कम्पनीको भनाइ छ ।

द स्कर्पियो–एन १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ । साथै १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टर्कको एमहक (डिजेल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पसहित छ ।

प्रकाशित : असार १४, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?