कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो 'बाल किरण जीवन बीमा योजना'

काठमाडौँ — आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बाल किरण जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । बच्चाको जन्मलगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरण गर्दै चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै आउने कम्पनीले जनाएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो 'बाल किरण जीवन बीमा योजना'

यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए । खासगरी अभिभावक तथा नव अभिभावकको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आवश्यकता अनुसारको बीमा अवधि छनोट गर्न सकिने छ । दुर्घटना तथा बिरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने फुयाँलले बताए ।


प्रकाशित : असार १३, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?