कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ईसेवाको अफर : बीमा शुल्क भुक्तानी गर्दा दुई सय रूपैयाँ क्यासब्याक 

काठमाडौँ — भुक्तानी सेवा प्रदायक ईसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत मंगलबार (अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवस) का दिनमा दिउँसो १२ बजेदेखि २ बजेसम्म ईसेवामार्फत जीवनबीमाको बीमाशुल्क भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

ईसेवाको अफर : बीमा शुल्क भुक्तानी गर्दा दुई सय रूपैयाँ क्यासब्याक 

यसैगरी जीवन बीमा कम्पनीमा गई सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिनेछ । यसरी ईसेवामार्फत भुक्तानी गर्दा कम्पनीले सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । इसेवाले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ ।

भदौ ५ गतेसम्म सञ्चालन हुने यस योजनामा ईसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार पाउने छन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् । यसैगरी योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुनेछ ।


प्रकाशित : असार १३, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?