एनआईसी एसिया बैंकको एपबाट हवाई टिकट बुकिङ गर्दा ‘क्यास ब्याक’

काठमाडौँ — एनआईसी एसिया बैंकले डिजिटल बैंकिङको प्रबर्द्धन गर्नका लागि मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले असार १२ गतेदेखि १८ गतेसम्म लागू हुने गरी यस्तो क्यासब्याक योजना ल्याएको हो ।

एनआईसी एसिया बैंकको एपबाट हवाई टिकट बुकिङ गर्दा ‘क्यास ब्याक’

योजनाअन्तर्गत बैंकका ग्राहकले एनआईसी एसिया मोबैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । पहिलो टिकट बुकिङमा ग्राहकले ५ सय रुपैयाँ अधिकतम एवम् दोस्रो पटकबाट १ सय रुपैयाँसम्म क्यास ब्याक पाउन सक्नेछन् ।

‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले पछिल्लो समय 'सेल्फहेल्प' अभ्यासलाई 'आईसर्भ' मार्फत अघि बढाइरहेको छ । जसअनुसार बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खाता खोल्नेजस्ता सेवा दिँदै आएको छ । त्यस्तै बैंकका शाखा तथा एटीएमको जानकारी, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, आईपीओ आवेदन लगायतका सुविधा जुनसुकै स्थानबाट, जुनसुकै समयमा प्रयोग गर्न सकिनेछ । बैंकका देशभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङ्ग इकाइ संचालनमा छन् ।


प्रकाशित : असार १३, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?