१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सिद्धार्थ बैंकको डिबेन्चर निस्कासन 

काठमाडौँ — सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निस्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता डिबेन्चर निस्कासन गर्नेछ । यसमा लगानी गर्नेले १०.७५ प्रतिशत ब्याजदर पाउनेछन् । यस ऋणपत्रको अवधि १० वर्षको रहने छ ।

सिद्धार्थ बैंकको डिबेन्चर निस्कासन 

सर्वसाधारण र विभिन्न संघसंस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा दिइएको ब्याजदर उच्चतम रहेकाे बैंकको दावी छ ।बैंकले ४० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । सर्वसाधारणका लागि निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सीआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसको निस्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।


प्रकाशित : असार १०, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?