नेपाल एसबीआई बैंकको मुद्दतीमा डबल र ट्रिपल धमाका योजना

काठमाडौँ — नेपाल एसबीआई बैंकले मुद्दती खातामा धनवृद्धि योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा हुनेछ ।

नेपाल एसबीआई बैंकको मुद्दतीमा डबल र ट्रिपल धमाका योजना

उक्त खातामा ब्याज साँवामा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण दिन सक्नेछ । यो योजना नेपाल एसबीआई बैंकको कुनै पनि शाखाबाट लिन सकिनेछ ।साथै संस्थागत मुद्दतीको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुनेछ ।


प्रकाशित : असार १०, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?