टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई बजारमा

काठमाडौँ — जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई तथा बीएस भीआईको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपालमा असार ९ गते सार्वजनिक भएको सो मोटरसाइकलको बीएस भीआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट ३ राइड मोडहरु रेन, अरबन र स्पोर्टस् छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन्  । यी फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने कम्पनीको भनाइ छ ।

टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई बजारमा

यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको रेस ट्यून्ड फ्यूल इन्जेक्सन आरटीएफआई टेक्नोलोजी युक्त बीएस भीआई कम्पलाएन्ट इन्जिन रहेको छ। अटोमोबाइल जगतमा आरटीएफआई टेक्नोलोजीलाई निकै नै उत्कृष्ट मानिन्छ । यसैगरी बीएस भीआई कम्पलाएन्ट इन्जिन सहितको अपाचे आरटीआरलाई नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको पाइन्छ । यस टेक्नोलोजी युक्त इन्जिनले माइलेज वृद्धि गर्नुका साथै वातावरण मैत्री हुन्छ।

त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर छ जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एङ्गल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् । यसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिन्छ।

जगदम्बा मोटर्सले नयाँ बाइक काठमाडौंको पर्पल हेज रक बारबाट सार्वजनिक गरेको हो । जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता कम्पनीले प्रदान गर्दै आएको छ ।


प्रकाशित : असार १०, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?