कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धनगढीको भाटभटेनीमा एनएमबी बैंकका ग्राहकले ‘क्यासब्याक’ पाउने 

काठमाडौँ — एनएमबी बैंकका ग्राहकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा क्यासब्याक पाउने भएका छन् । ईएनएमबी, भिसा डेबिट र क्रेडिट कार्डमार्फत किनमेलको भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ ।

धनगढीको भाटभटेनीमा एनएमबी बैंकका ग्राहकले ‘क्यासब्याक’ पाउने 

यो योजना आगामी आइतबारदेखि सीमित अवधिको लागि रहेको बैंकले जनाएको छ । ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न उद्देश्यले यो अभियान सञ्चालन गरिएको बैंकको भनाइ छ । बैंकका हाल देशभर २०१ शाखाहरु, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर संचालनमा छन् ।


प्रकाशित : असार १०, २०७९ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?