१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ग्लोबल आईएमईले ग्राहककै रोजाइको डिजाइनमा डेबिट कार्ड दिने

काठमाडौँ — ग्लोबल आईएमई बैंकले ग्राहककै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत यो सुविधा ल्याएको हो । ग्राहककै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने व्यवस्था याे क्षेत्रमै पहिलो रहेको बैंकको दाबी छ । 

ग्लोबल आईएमईले ग्राहककै रोजाइको डिजाइनमा डेबिट कार्ड दिने

यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आईएमई बैंकको वेबसाइटमार्फत (अनलाइन) आवेदन दिनुपर्नेछ । कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् । ग्राहकसँग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरु समेत उपलब्ध हुनेछन् । बैंकका देशभर २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय संचालनमा छन् ।


प्रकाशित : असार ९, २०७९ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?