कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

काठमाडौँ — नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवम् फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक/निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ । 

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाइका ७ वटा हिमालको सफल आरोहण गरेकी थिइन् । उनले एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोहण गरेकी थिइन् । यस्तै पटकथा र सिर्जनशिलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा लोरी चलचित्रमार्फत स्पेसल मेन्सन अवार्ड जितेका थिए । परिसंघको उपाध्यक्ष समेत रहेका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दिपकराज जोशीले उनीहरुको उपलब्धीको प्रशंसा गरे ।


प्रकाशित : असार ८, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?