१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ग्लोबल आईएमई बैंकले हज यात्रीलाई विदेशी मुद्रा सटही गरिदिने 

काठमाडौँ — ग्लोबल आईएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ । 

ग्लोबल आईएमई बैंकले हज यात्रीलाई विदेशी मुद्रा सटही गरिदिने 

बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तीनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ । बैंकका हाल ७६ जिल्लामा २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय संचालनमा छन् । त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।



प्रकाशित : असार ८, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?