कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएद्वारा १२ लाख ८७ हजार रुपैयाँ सहयाेग

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ सहयाेग प्रदान गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा उक्त रकमको चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा‍. महावीर पुनलाई हस्तान्तण गरे।

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएद्वारा १२ लाख ८७ हजार रुपैयाँ सहयाेग

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतब्य राख्दै विश्वभरका नेपालीले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराए। महावीर पुनले साे कार्यक्रममा विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताए । गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिलाई प्लाटफर्म दिन सक्ने उनले बताए । संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्था उपयुक्त रहेको बताउँदै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित : असार ८, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?