कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चौधरी ग्रुपले ल्यायो क्रम्पटन ब्राण्डका एयर कुलर

काठमाडौँ — चौधरी ग्रुपले गर्मी महिनालाई लक्षित गरी क्रम्पटन ब्राण्ड अन्तर्गत विभिन्न किसिमका आकर्षक एवम् गुणस्तरीय कुलर नेपाली बजारमा ल्याएको छ । जसमा डेजर्ट कुलर, विन्डो कुलरहरु रहेका छन् ।क्रम्पटन भारतको पुरानो ब्राण्डमध्ये एक हो । आफ्ना उत्पादनमा गुणस्तर, विश्वसनीयता, उत्कृष्ट इन्जिनियरिङ क्षमता तथा डिजाइन अब्बल रहेको कम्पनीको दावी छ । क्रम्पटनका उत्पादनहरु भिन्न हुनुका साथै उपभोक्तालाई ध्यानमा राखेर डिजाइन गरिएका हुन्छन् । 

चौधरी ग्रुपले ल्यायो क्रम्पटन ब्राण्डका एयर कुलर

हनिकम्ब प्याड, वाइड एंगल एयरफ्लो, ठूलो सजिलो सफा आइस च्याम्बर आफ्ना एयर कुलरका मुख्य विशेषता रहेको क्रम्पटनले जनाएको छ । लामो समयसम्म चल्ने पम्प भएकाले कडा पानीमा पनि काम गर्ने क्षमता एयरकुलरमा छ । सजिलो सफाइको लागि नाली प्लग अटो, स्विङ ठाडो लुभहरु, ४ तरिकाबाट हावा विक्षेपन, लामो समयसम्म चिसोपन राख्ने जस्ता विशेषता यसमा रहेको कम्पनीले जनाएको छ । साथै क्रम्पटनका एयर कुलहरुमा १२ महिनाको वारेन्टी छ । क्रम्पटन ब्राण्डका एयर कुलरहरु चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले ल्याएको हो ।


प्रकाशित : असार ८, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?