निक्षेप संकलन र कर्जा विस्तारको वृद्धिमा नेपाल बैंक पहिलो

काठमाडौँ — निक्षेप संकलन तथा कर्जा विस्तारको वृद्धिमा नेपाल बैंक सबैभन्दा अगाडि देखिएको छ । वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ । कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा देखिएको छ । जेठ महिनासम्म अर्थात चालु आर्थिक वर्षको ११ महिनामा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३२.०५ प्रतिशतले बढेको छ ।

 निक्षेप संकलन र कर्जा विस्तारको वृद्धिमा नेपाल बैंक पहिलो

वाणिज्य बैंकहरुमध्ये २१ वटा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने ६ वटाको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ७.३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको वृद्धि भएको देखिन्छ । नेपाल अधिराज्यभर २१७ शाखाहरु, १७९ एटीएम मेसिनका साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत बैंकले करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा दिँदै आइरहेको छ ।

,


प्रकाशित : असार ८, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?