रिलायन्स लाइफ इन्स्योरेन्सले ल्यायो 'सुनिश्चित प्रतिफल बीमा' योजना  

काठमाडौँ — रिलायन्स लाइफ इन्स्योरेन्सले सुनिश्चित प्रतिफल बीमा योजना संचालनमा ल्याएको छ ।  कम्पनीका प्रखुख कार्यकारी अधिकृत राकेश पोखरेलका अनुसार यो बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सले ल्यायो 'सुनिश्चित प्रतिफल बीमा' योजना  

सीमित समयको लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर रक्षावरणको सुविधा पनि पाउन सक्ने उनले बताए । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ । ‘रिलायन्स लाइफको पहिलो उद्देश्य उत्कृष्ट योजना र सेवा प्रदान गर्ने हो र सोही अनुरुप मेरो सुनिश्चित बीमा योजना ल्याइएको हो । यो गुणस्तरीय र उत्कृष्ट प्रडक्ट हो’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभुत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइने कम्पनीको दावी छ । यस बमिालेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।


प्रकाशित : असार ७, २०७९ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?