२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गोदरेजका मेडिकल रेफ्रिजेरेटर नेपाली बजारमा 

काठमाडौँ — गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरु सार्वजनिक गरेको छ। मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रिजरहरु उपलब्ध गराएको छ । कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरु स्योरचिल प्रविधिमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखि ८ डिग्रीमा स्थिर राख्छ । 

गोदरेजका मेडिकल रेफ्रिजेरेटर नेपाली बजारमा 

डब्लुएचओ पिक्युएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरहरुको होल्डओभर टाइम ३ देखि ४ दिन सम्मका छन् भने ४७ देखि २७६ लिटर सम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरु प्रोटेक्सनमा डब्लुएचओबाट ए ग्रेडमा मूल्याङ्कन गरिएको कम्पनीको दाबी छ । यी रेफ्रिजेरेटरहरु सीएफसी, एचएफसी र एचसीएफसीमुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी रहेको गाेदरेजले जनाएको छ । यी रेफ्रिजेरेटरहरुको ढोका अगाडिबाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउँछ। यी रेफ्रिजेरेटरहरुमा २ वर्षको वारेन्टी छ ।

ब्लड ब्याग, आरबीसी, ब्लड स्याम्पल राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन्, जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखि ६ डिग्रीमा स्थिर राख्छ। आइएसओ र सीई सर्टिफाइड यी रेफ्रिजेरेटरहरुमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्ले सँगै इन्टेलीजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ। यी रेफ्रिजेरेटर ११७ देखि ३२० ब्लड ब्यागसम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरुको ढोका पारदर्शी छन् जसले उच्च भिजिबिलिटी दिन्छ।

विभिन्न सल्भेन्ट, केमिकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधिहरु राख्न योग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कुलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखि ८ डिग्रीमा स्थिर राख्छ । यी रेफ्रिजेरेटरहरु २०० देखि ४०० लिटर सम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरुको ढोका पारदर्शी छन्, जसले उच्च भिजिबिलिटी दिन्छ । नेपालको बिजुली सेवा अनिश्चित हुनु र बजारमा पाइने सामान्य रेफ्रिजेरेटरहरुले आफूले चाहेको तापक्रम निरन्तर दिन नसक्ने र बाह्य डिजिटल डिस्प्ले थर्मोमिटर नहुने कारण गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरु औषधि पसल, फार्मेसी, ल्याब, हस्पिटलहरुमा एकदम उपयोगी छन् जसले आफूले चाहेको तापक्रम कायम राख्नुका साथै प्रत्येक मिनेटको १२० दिन सम्मको तापक्रमको लगर रिकर्ड पनि राख्दछ ।


प्रकाशित : असार ७, २०७९ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?