उर्लाबारीकी तुलसादेवी अधिकारीले जितिन् 'बजाज पाँचको पन्च'- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उर्लाबारीकी तुलसादेवी अधिकारीले जितिन् 'बजाज पाँचको पन्च'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज पाँचको पन्च नामक योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुका यस्तो योजना ल्याएको थियो । 

जेठ २७ गते गते सोही योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको हो । बम्पर पुरस्कार बापत उर्लाबारीकी तुलसादेवी अधिकारीले नगद १० लाख जितेकी छन् । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेकी थिइन् ।


प्रकाशित : जेष्ठ ३१, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

एमालेले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण चलाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

पार्टीभित्र देखापरेका अनुशासनहिनतालाई वैचारिकरुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको पार्टीका आयोगका अध्यक्ष केशव बडालले जानकारी दिए ।

बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, अनुशासन विपरीतका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । ‘हाम्रो आयोगले सातै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिबारे प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गर्‍यो,' अध्यक्ष बडालले भने, 'साउन महिनाको दोस्रो हप्तादेखि चौंथो हप्तासम्म सक्ने गरी सो प्रशिक्षण कार्यक्रम राखिनेछ । मुख्यत: केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सवालमा र सहकार्य अघि बढाउने सवालमा अनुशासन आयोग र पार्टी कमिटीबीचमा हातेमालो गरेर अघि बढाउने विषयहरु नै प्रशिक्षणका विषयवस्तु हुन जान्छन् ।'

एमालेका ११ लाख पार्टी सदस्यहरु पार्टीको दर्शन, सिद्धान्त, मूल्यमान्यता, आचरण र अनुशासनलाई दृढतापूर्वक पालना गर्न/गराउनलाई हरेक कमिटीले पहलकदमी गर्नुपर्छ भन्ने र यसलाई लागू गराउन प्रदेश कमिटी र जिल्ला कमिटीलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोणसम्बन्धी विषयवस्तु हुने पनि आयोगले जनाएको छ ।

त्यसैगरी, बैठकले उमानाथ ओली, प्रदीप प्याकुरेल, लालमणि चौधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×