२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

टाटा मोटर्सको जेनभोल्टज जेनेरेटर बजारमा 

काठमाडौँ — भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जेनभोल्टज जेनेरेटर नेपाली बजारमा बिक्रीवितरण थालेको छ । भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ ।

टाटा मोटर्सको जेनभोल्टज जेनेरेटर बजारमा 

विभिन्न प्रयोजनको लागि उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो रहेको कम्पनीको दावी छ । २५ किलोभोल्टदेखि १२५ किलोभोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ । यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा रहेको टाटा मोटर्सको कमर्सिअल भेहिकल अधिकारी (बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख) राम कृष्णनले बताए । उनले भने ‘टाटा मोटर्सको प्रभावकारी एवम् भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्नेछ ।’

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित कम्पनीको प्रयासमा एक नयाँ उर्जा प्रदान गर्ने बताए । सीपीसीबी २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको खपत कम गरी उत्कृष्ट कार्यक्षमता देखाउने कम्पनीको भनाइ छ । निर्माण एवम् पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उपयुक्त रहेको टाटाले जनाएको छ ।


प्रकाशित : जेष्ठ २९, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?