कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लक्ष्मी बैंकले ल्यायो ८ प्रतिशत ब्याजदरको ग्रीन बचत खाता 

काठमाडौँ — ५० औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले ग्रीन सेभिङ खाता पुन: सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत खाता खोल्ने सेवा, भिडियोमार्फत केवाईसी अपडेट र डिजिटल बैंकिङ्ग जस्ता सेवाहरुको सम्मिश्रण यो खातामा छ । यो खातामा ग्राहकले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउने बैंकले जनाएको छ । ग्रीन बैंकिङ्ग प्याकेजमा मोबाइल मनी र इन्टरनेट बैंकिङ्ग ग्राहकले निशुल्क पाउने छन् । 

लक्ष्मी बैंकले ल्यायो ८ प्रतिशत ब्याजदरको ग्रीन बचत खाता 

‘एक खाता, एक रुख’को प्रतिबद्धता अनुरुप प्रत्येक ग्रीन सेभिङ खातावापत बैंकले एउटा रुख रोप्ने छ । यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेप नवीकरणीय ऊर्जा, यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्र र गतिविधिमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले जनाएको छ ।

यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो 'ओरेन्ज लभ्स ग्रीन' को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ । यसै प्रतिबद्धता अन्तर्गत बैंक पीसीएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ । सो साझेदारी मार्फत बैंकले औपचारिक रूपमा आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू अपनाउने छ, जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्ने छ ।


प्रकाशित : जेष्ठ २३, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?