एनआईसी एसिया फ्लेक्सी क्याप फण्डको आवेदन खुल्यो

काठमाडौँ — एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एसिया फ्लेक्सी क्याप फण्डको आवेदन खुलेको छ । प्रति इकाइ १० रुपैयाँ अंकित दरको १० करोड इकाइमध्ये बिज पुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ बिहीबारदेखि खुलेको हो । जेठ २४ गतेसम्म बिक्री खुला हुने योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले जनाएको छ । 

एनआईसी एसिया फ्लेक्सी क्याप फण्डको आवेदन खुल्यो

यो फण्ड सात वर्षे अवधिको बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरुमा लगानी गर्दा कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गीकरण गरिन्छ । जुन क्यापभित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।

उक्त योजनामा न्यूनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्मको लागि खरिद आवेदन दिन सकिन्छ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र मेरो सेयर अनलाइनबाट आवेदन दिन सकिनेछ । उक्त फण्डमा लगानी गर्ने इकाइधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने क्यापिटलको प्रक्षेपण छ । इकाई खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानुन बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्ने छन् ।


प्रकाशित : जेष्ठ १९, २०७९ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?